चार्ल्स शोभराज भोलि मात्र कारागारबाट छुट्ने, अध्यागमनमा राख्ने ठाउँ भएन


७ पुष २०७९, बिहीबार
sobharaj

काठमाडौं । विश्व कुख्यात फ्रान्सेली ‘विकिनी किल्लर’ चार्ल्स शोभराज भोलि (शुक्रबार) मात्र कारागारबाट रिहा हुने भएका छन् । आजै रिहा हुने भनिए पनि केही प्रक्रिया अझै बाँकी रहेको शोभराजका वकिल गोपाल शिवाकोटीले जानकारी दिए । प्रक्रिया पुरा नभएका कारण शोभराज आज सुनधारा कारागारमै रहने भएका छन् । उनका अनुसार शोभराज भोलि बिहान १० बजे मात्र रिहा हुने सम्भावना छ । बुधबार सर्वोच्च अदालतले शोभराजलाई रिहा गर्न आदेश दिएको थियो ।

अध्यागमन विभागले उनलाई राख्ने अलग्गै ठाउँ नभएको जानकारी दिएपछि केन्द्रीय कारागारले उनलाई बुधबार अन्तिम समयमा रिहा गरेन । आजै रिहा गर्ने भनेर कारागारको अस्पतालमै शोभराजको स्वास्थ्य जाँच भइसकेको थियो । केन्द्री कार्यालयका जेलर ईश्वरी पाण्डेले शोभराज बिरामी भएकाले अलग्गै ठाउँ नरहेको जानकारी दिएको बताए ।

‘अध्यागमन विभागले आजलाई शोभराजलाई राख्ने ठाउँ नभएको जानकारी दिएको छ । उनलाई राख्ने अलग्गै ठाउँ व्यवस्थापन गरेपछि शोभराजलाई रिहा गर्ने कुरा भएको छ’, पाण्डेले भने, ‘अब शोभराजलाई शुक्रबार बिहान १० बजेपछि मात्रै यहाँबाट अध्यागमन पठाउने छौं ।’ विभागले शोभराज विभिन्न रोगका बिरामी रहेकाले अन्य मानिसलाई राख्ने कोठामा राख्न नमिल्ने जानकारी कारागारलाई दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७