देविका वन्दना र कुमार सानुको स्वरमा ‘तिम्रो मायाको सागरमा’ सार्वजनिक


८ पुष २०७९, शुक्रबार
received 851724289382817

काठमाडौं । साहित्यकार एवं गीतकार सुरेन्द्र महर्जन ‘अमर’ को रचना रहेको तथा चर्चित संगीतकार सन्तोष श्रेष्ठको संगीतमा रहेको गीत ‘तिम्रो मायाको सागरमा’ म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा लोकप्रिय गायिका देविका वन्दना र चर्चित भारतीय गायक कुमार सानुको स्वर रहेको छ । बिहीबार काठमाडौंमा प्रिमियर गरिएको ‘तिम्रो मायाको सागरमा’ भिडियो आफूले सोचेभन्दा राम्रो भएको रचनाकार सुरेन्द्र महर्जन अमर र संगीतकार सन्तोष श्रेष्ठले बताएका छन् ।

गायिका देविका वन्दनाले गीतकार सुरेन्द्र महर्जन अमरका मायालु प्रेमिल शब्दहरूलाई सन्तोष श्रेष्ठको जादूमय संगीतले कर्णप्रिय बनाएको बताइन् । ‘हामीले निकै मेहनत गरेर यो गीत तयार पारेका छौं, गीत रोमान्टिक शैलीको बनेकाले भिडियोमा रोमान्टिक जोडीलाई नै अभिनय गराउनु पर्छ भन्ने लागेर प्रियंका कार्की र आयुष्मान देशराज जोशीको जोडीलाई अभिनय गराइएको हो ।’

गीतको म्युजिक भिडियोमा अभिनेता आयुष्मान देशराज जोशी तथा अभिनेत्री प्रियंका कार्कीको रोमान्टिक जोडीलाई प्रस्तुत गरिएको छ । भिडियो हेरेपछि प्रतिक्रिया दिँदै अभिनेत्री प्रियंका कार्कीले पहिलो पटक गीत सुन्ने बित्तिकै यसमा काम गरौं, गरौं भएको बताइन् । अभिनेता आयुष्मान देशराज जोशीले पनि गीतको मेलोडीले आफूलाई तानेको बताए । भिडियोमा काम गरिरहँदाको क्षण शब्दमा व्यक्त गर्नै नसकिने रोमाञ्चक रहेको अभिनेत्री प्रियंकाको भनाइ छ । निकेश खड्काले निर्देशन गरेको भिडियोलाई बुद्ध थापाले छायांकन गरेका हुन्

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७