सरकार गठनका लागि कांग्रेसले थाल्याे हस्ताक्षर संकलन


९ पुष २०७९, शनिबार
prachanda deuwa 1
फाइल फोटो

काठमाडौं । सरकार गठनका लागि नेपाली कांग्रेसले हस्ताक्षर संकलन थालेको छ । राष्ट्रपतिले दिएको एक साताको समय सीमा सकिन लाग्दा समेत गठबन्धन दलहरुबीच नयाँ सरकार गठनबारे सहमति जुट्न नसकिरहेका बेला कांग्रेसले हस्ताक्षर संकलन शुरु गरेको हो ।

आज बैठक बस्ने भए पनि शुक्रबार नै केही सांसदलाई खाली पृष्ठमा हस्ताक्षर गराएको थियो । बाँकी सांसदहरूलाई हस्ताक्षर गर्न आज बैठक बोलाइएको स्रोतको दावी छ । कागजमा विषय उल्लेख नगरिए पनि प्रधानमन्त्रीका लागि सांसदको संख्या पुगेको देखाउन हस्ताक्षर गराएको स्रोतको भनाइ छ । विषय उल्लेख नभएकोले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले भने हस्ताक्षर गरेका छैनन् ।

कांग्रेसका प्रत्यक्ष ५७ र समानुपातिकमा ३२ गरी ८९ जना सांसद रहेका छन् । कांग्रेस सांसद सञ्जय गौतमले हरेक राजनीतिक दलमा संसदीय दलले आफ्ना सदस्यको हस्ताक्षर सङ्कलन गरेर राख्ने र आवश्यक परेको बेला प्रयोग गर्ने प्रचलन अनुसार हस्ताक्षर लिएको उल्लेख गरे । त्यस्तै, कांग्रेसका अर्का सांसद दुर्लभ थापाले पनि आफूहरूले शुक्रबार नै संसदीय दलको कार्यालयमा पुगेर हस्ताक्षर बुझाएको जानकारी दिए ।

यता कांग्रेस सँगसँगै नेकपा माओवादी केन्द्रले आफ्ना सांसदहरूको हस्ताक्षर सङ्कलन थालेको छ । अर्थमन्त्री जर्नादन शर्माका अनुसार माओवादीका सांसदहरूले हस्ताक्षर बुझाइसकेको बताए । सङ्घमा माओवादीका ३२ जना सांसद रहेका छन् ।
दुवै पार्टीले आ–आफ्ना सांसदहरूको हस्ताक्षर सङ्कलन गरिरहँदा गठबन्धन दलको बैठक अनिश्चित भएको छ ।

आजका लागि बैठक बस्ने भनिए पनि अहिलेसम्म बैठक बस्ने नबस्नेबारे निश्चित नभएको माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताएका छन् । त्यस्तै माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले पनि अहिलेसम्म बैठक बस्ने टुंगो नभए पनि साँझसम्म छलफल हुनसक्ने जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७