विहारको इँटाभट्टामा विष्फोट, मालिकसहित नौं जनाको मृत्यु


९ पुष २०७९, शनिबार
Bihar Itabhatta blast2022 12 24 04 20 43

नयाँदिल्ली । पूर्वी भारतको बिहार राज्यस्थित इँटाभट्टामा विष्फोट हुँदा भट्टाका मालिकसहित नौं जना मजदुरको मृत्यु भएको छ । उक्त घटनामा अन्य आठ जना घाइते भएका छन् ।

स्थानीय अधिकारीका अनुसार बिहारको राजधानी पटनाबाट एक सय ५४ किलोमिटर उत्तरमा अवस्थित पूर्वीचम्पारण जिल्लाको नारिगिर गाउँमा शुक्रबार साँझ उक्त दुर्घटना भएको हो । घाइतेको रक्सोलको निजी अस्पतालमा उपचार भइरहेको छ ।

विष्फोटको जानकारी प्राप्त हुने वित्तिकै उद्धारकर्ता र प्रहरी घटनास्थलमा पुगेका पूर्वी चम्पारण जिल्ला मजिस्ट्रेट कार्यालयले जनाएको छ । राज्यको विपद् व्यवस्थापन केन्द्रका उद्धारकर्ता भग्नावशेषमुनि खोजी गरिरहेका छन्। विष्फोटको कारण सार्वजनिक गरिएको छैन । सम्बद्ध निकायले अनुसन्धान थालेको छ ।

यसैबीच, प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७