नेपाली फिल्म : कथावस्तु कमजोर, गीत–संगीत सशक्त


१२ पुष २०७९, मंगलवार
flim

काठमाडौं । नेपाली फिल्मको सफलताको कारण गीत–संगीत बन्ने गरेको छ । गीत–संगीत लोकप्रिय भएका फिल्मलाई घरेलु बक्स अफिसमै दर्शकको राम्रो साथ प्राप्त हुने गरेको पाइन्छ ।

प्रेम गीत, नाई नभन्नु ल, म यस्तो गीत गाउँछुलगायतका फिल्मको सिरिज नै बनिरहेका छन् । कथावस्तु कमजोर भए पनि यी फिल्म हेर्न हलमा दर्शक राम्रै प्रस्तुत भए । प्रचार–प्रसारको सशक्त माध्यम मानिएता पनि केही समययता भने गीत–संगीतमा उलेख्य लगानी भएको पाइँदैन ।

पहिलेको तुलनामा गीत–संगीतलाई भिडियोमा ल्याउँदा भव्यतामा कमी आएको स्वीकार्छन् संगीतकार अर्जुन पोखरेल । ‘केही गीत–संगीतको राम्रो भिडियो बन्ने गरेको छ । यद्यपि यो संख्या कम छ’, संगीतकार पोखरेल भन्छन्, ‘फिल्ममा आउने गीत–संगीतमा जति भव्यता भयो त्यति नै प्रचार–प्रसार हुन्छ । एकलरूपमा एल्बममा आउने गीतले धेरै दर्शक पाउँदैनन् ।’ उनको संगीत रहेको फिल्म स्टुपिड मन, प्रेम गीत, ऐश्वर्य, म यस्तो गीत गाउँछु सफल हुनुको कारण गीतहरू नै थिए ।

केही दिन अगाडि सार्वजनिक भएको ‘डिसेम्बर फल्स’ फिल्ममा समावेश फकाउनै जानिन बोलको गीतको भिडियोमा दुई सयको हाराहारीमा डान्सर प्रयोग गरिएको छ । चार दिन छायाङ्कन गरिएको गीत अडियोअनुसार बनेको नृत्य निर्देशक रामजी लामिछानेले बताए । ‘काममा स्वतन्त्रता धेरै समयपश्चात पाइयो । बजेटकै कारण निर्माता गीतलाई राम्रो बनाउन कन्जुस्याइँ पनि गर्नुहुन्छ’, उनले भने । उनी निर्माताको बजेटअनुसार काम गरेको बताउँछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७