दक्षिण कोरियाका पूर्व राष्ट्रपति लीको जेल सजाय मिनाह


१२ पुष २०७९, मंगलवार
Li

काठमाडौं । दक्षिण कोरियाका पूर्व राष्ट्रपति ली म्युङ–बाकका साथै केही अन्य राजनीतिज्ञ र पूर्व सरकारी अधिकारीको जेल सजाय मिनाह गरिएको छ ।

दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले आफ्नो संबैधानिक अधिकार प्रयोग गर्दै मङ्गलबार पूर्वराष्ट्रपति ली म्युङ–बाकसहितका ती अधिकारीको जेल सजायँलाई ‘विशेष परिस्थिति’ मिनाह गरिदिएका हुन् ।

सन् २०१३ को फेबु्रअरीसम्म पाँच वर्ष राष्ट्रपतिको जिम्मेवारी सम्हाल्नुभएका लीलाई सन् २०२० को अक्टोबरमा घुस खोरी र अनियमिततागरेको अभियोगमा १७ वर्षको जेल सजाय सुनाइएको थियो ।

बुधबारदेखि लागू हुने गरी जेल जीवनलाई ‘विशेष मिनाह’ गरी बाँकी १५ वर्षको जेल सजायबाट छुट दिइनेछ । गत मे महिनामा पदभार ग्रहण गरेयता युनले राष्ट्रपतिका रूपमा दोस्रो पटक पूर्व सरकारी अधिकारीहरूलाई क्षमादान दिएका हुन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७