फोटो पत्रकारिताको प्रायोजन ग्लोबल आइएमई बैंकले गर्दै


४ बैशाख २०७५, मंगलवार
30180210 2128459567383156 1782544753 n

काठमाडौं, ४ बैसाख : राष्टिय फोटो पत्रकार समूहले आयोजना गर्ने राष्ट्रिय फोटो पत्रकारिता अवार्ड–२०७४ को मुख्य प्रायोजन ग्लोबल आइएमई बैंकले गर्ने भएको छ ।

30180210 2128459567383156 1782544753 n
आइएमई बैंकका प्रमुख बजार व्यवस्थापक गणेश अवस्थी र आयोजक संस्थाका संयोजक प्रदीपराज वन्तबीच सम्झौतापत्रमा हस्ताक्षरपछि फाइल आदन–प्रदान गरिंदै । साथमा आयोजक कमिटका सदस्य दिपक केसी र बैंकका रेमिट्यान्स प्रमुख रविन्द्र ढकाल ।

उक्त कार्यक्रमको नाम ‘ग्लोबल आइएमई राष्ट्रिय फोटो पत्रकारिता अवार्ड–२०७४’ हुनेछ । लाइफ टाइम अचिभमेन्ट फोटो पत्रकारिता अवार्ड विधा पनि ग्लोबल आइएमई वैकको नामवाट वितरण गरिने भएको छ । आजै औपचारिक रुपमा आयोजक संस्थाका संयोजक प्रदिपराज वन्त र प्रायोजक संस्थाको तर्फबाट प्रमुख वजार व्यवस्थापक गणेश अवस्थीबीच सम्झौता–पत्रमा हस्ताक्षर भएको छ ।

लाइफ टाइम अचिभमेन्ट अवार्डबाट एक जना वरिष्ठ फोटो पत्रकारलाई नगद ५० हजारसहित ट्रफी र सम्मान पत्रले सम्मान गरिने छ । उक्त अवार्डलगायत अन्य १२ विधाका अवार्ड पुरस्कार नेपाल आर्मी क्लवको हलमा यहि बैशाख १३ गते विशेष कार्यक्रम गरी वितरण गरने जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७