लुम्बिनी प्रदेश कांग्रेस संसदीय दलको नेतामा डिल्ली चौधरी सर्वसम्मत


१८ पुष २०७९, सोमबार
dilli chaudhari

लुम्बिनी । लुम्बिनी प्रदेश कांग्रेस संसदीय दलको नेतामा डिल्ली चौधरी सर्वसम्मत चयन भएका छन् । कांग्रेसको संसदीय दलको बैठकले चौधरीलाई सर्वसम्मत दलको नेता चुनेको हो । दलको नेताका लागि अबदुल रज्जाक, वीरबहादुर राना र राजु खनालले पनि दाबी गरेका थिए ।

हिजो उम्मेदवार मनोनयन गर्ने भनिए पनि सहमतिका लागि आज बिहानलाई बैठक सारिएको थियो । दलको नेता चयनको लागि कांग्रेस नेता चन्द्र भण्डारी, प्रदेश सभापति अमरसिंह पुनसहित प्रदेश समितिका पदाधिकारी अहिले देउखुरिमै बसेर छलफल गरिरहेका छन् ।

दाङ ३ (ख) बाट दोहोरिएका चौधरी हाल प्रदेश सभाको ग्रामीण, पर्यटन तथा शहरी विकास मन्त्री हुन् । मन्त्रीभन्दा अघि उनी प्रदेश सभाको लेखा समिति सभापति थिए । चौधरी २०७० को संबिधान सभा सद्स्य भएर केही समय राज्यमन्त्री पनि भएका थिए । यसअघि एमालेले हिजो नै लिला गिरीलाई दलको नेता चुनेको थियो । सोमबार प्रदेश सभाको पहिलो बैठक बस्दै छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७