नागरिक उन्मुक्ति पार्टी प्रतिपक्षमा बस्ने


२४ पुष २०७९, आईतवार
Ranjita shrestha

काठमाडौं । प्रधानमन्त्रीलाई समर्थन दिएको नागरिक उन्मुक्ति पार्टी (नाउपा) प्रतिनिधिसभामा प्रतिपक्षको बेञ्चमा बस्ने भएको छ । नागरिक उन्मुक्ति पार्टीले आफू प्रतिपक्ष दल भएको संसद सचिवालयलाई जानकारी दिएको छ ।

नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले आफूहरु प्रतिपक्षमा बस्ने जानकारी संसदीय सचिवालयलाई गराईसकेको बताइन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने–नदिने विषयमा आफ्नो पार्टीले निर्णय गरिनसकेको श्रेष्ठले बताएकी छन् । विश्वासको मत दिएको खण्डमा नाउपा सत्तापक्ष हुन्छ र प्रधानमन्त्रीलाई विश्वासको मत नदिएको खण्डमा प्रतिपक्ष हुन्छ ।

‘प्रधानमन्त्रीलाई विश्वासको मत भोलि (सोमबार) नै दिने होइन । यसैले भोलि प्रतिनिधि सभामा प्रतिपक्षीमा बस्ने जानकारी संसद सचिवालयलाई गराएका हौं’, श्रेष्ठले भनिन् । नाउपाले रेशम चौधरीको रिहाइलाई प्रमुख विषय बनाएको छ । यस विषयमा आउने प्रतिबद्धताले प्रधानमन्त्रीलाई विश्वासको मत दिने वा नदिने भन्ने निर्णय हुने नाउपाका नेताहरुले बताउँदै आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७