परराष्ट्रमन्त्री पौड्याल र चिनियाँ राजदूतबीच भेटवार्ता


७ माघ २०७९, शनिबार
Bimala

काठमाडौं । परराष्ट्रमन्त्री विमला राई पौड्याल र चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ । उनीहरूबीच द्विपक्षी सम्बन्धका बारेमा छलफल भएको हो ।

उनीहरूबीच समसमायिक मुद्दाहरूमा पनि छलफल भएको परराष्ट्र स्रोतले जानकारी दिएको छ । राजदूत सोङले बिआरआई परियोजना र एक चीन नीतिमा मन्त्री पौड्यालको सहयोग मागेको स्रोतको भनाइ छ ।

राजदूत सोङले परराष्ट्र सचिव भरतराज पौड्यालसँग पनि छलफल गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत भेटको पुष्टि गरेका छन् । ‘मैले परराष्ट्रमन्त्री सम्मनीय डा. विमला राई पौड्याल ज्यूसँग भेटघाट गरेको छु । हामीले द्विपक्षीय सम्बन्ध र सान्दर्भिक मुद्दाहरूमा विचार आदानप्रदान गरेका छौं । सोही दिनमा मैले परराष्ट्र सचिव भरतराज पौड्याल ज्यूसँग पनि भेटेको छु,’ उनले भनेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई ओहोदाको प्रमाणपत्र बुझाएसँगै राजदूत सोङ राजनीतिक भेटघाट व्यस्त छन् । उनले यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र विभिन्न मन्त्री–नेताहरूसँग भेटवार्ता गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७