भारतमा अपहरित जनकपुरधामका दुई युवाको शव भेटियो


८ माघ २०७९, आईतवार
sab 20230122125245

जनकपुरधाम । दुई साताअघि भारतमा अपहरणमा परेका जनकपुरधामका दुई युवाको शव भेटिएको छ । १३ दिनदेखि सम्पर्कविहीन रहेका जनकपुरधाम उपमहानगरपालिका–८ का २१ वर्षीय रोहित साह र वडा नम्बर १३ का २२ वर्षीय विष्णु साहको शव भारतमा भेटिएको हो ।

मृतक दुबै जना एकै परिवारका हुन् । रोहित विष्णुलाई लिएर भारतको सितामढी जिल्लाको बेला परिहारमा नातेदारको घर गएका थिए । सोही ठाउँमा दुबै अपहरणमा परेका हुन् । भारतीय प्रहरीले भारतको सोही क्षेत्रमा दुई वटा शव फेला पारेपछि आइतबार बिहान मृतक युवकहरुको आफन्तलाई सनाखतका लागि खबर गरेको थियो । मृतक दुबै जनाको शव अहिले भारतको बेला परिहारस्थित स्थित प्रहरी कार्यालयमा राखिएको छ । शव नेपाल प्रहरीलाई बुझाउने तयारी भइरहेको छ ।

आफन्तको घर भारत पुगेका दुबै जना सम्पर्कविहीन भएको केही दिनपछि उनीहरुको परिवारलाई फिरौतीका लागि भारतीय नम्बरबाट फोन आइरहेको थियो । सुरुमा ५० लाख मागेका अपहरणकारीले पछि फिरौती रकम २० लाख मागेका थिए ।

अपहरणकारीहरुले विष्णुको आवाज रेकर्ड गरेर उनको परिवारलाई पठाएको थियो । विष्णुको पारिवारिक सदस्यहरुका अनुसार अपहरणकारीहरुले फिरौतीको रकम लिएर सर्लाहीको मलंगवा नाकामा बोलाएको थियो । तर एकाएक अपहरणकारीको मोबाइलमा सम्पर्क हुन छोडेपछि विष्णुको परिवारमा तनाव बढेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७