भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ


१८ माघ २०७९, बुधबार
petrol picturer1

काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको भाउ बढेर आएको छ । भारतीय आयाल कर्पोरेसन (आईओसी) ले पठाएको नयाँ मूल्य सूचीमा पेट्रोलियम पदार्थको मूल्य बढेर आएको हो ।

जसअनुसार पेट्रोल प्रतिलिटर ८ रुपैयाँ १ पैसा, डिजेल ७ रुपैयाँ ९८ पैसा, मट्टितेल ४ रुपैयाँ ६१ पैसा तथा हवाई इन्धन ७ रुपैयाँ ८० पैसा बढेर आएको छ । तर खाना पकाउने एलपी ग्यासको मूल्य घटेको छ । प्रतिसिलिन्डर ७५ रुपैयाँ घटेर आएको निगमले जनाएको छ ।

अब निगमको १५ दिनको घाटा ५५ करोड घाटा हुने निगमको भनाइ छ । हरेक १५ दिनमा नयाँ मूल्य कायम हुने नेपाल आयल निगम र इण्डियन आयल कर्पोरेसनको सम्झौता छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७