‘आहा ! कति राम्रा मन्त्री लालबाबु पण्डित’ (फोटोफिचर)
शब्द/तस्बिर : रविन रार्इ
काठमाडौं, ९ बैशाख । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले आइतबार बिहान १०:२० बजे डिल्लीबजार स्थित मालपोत कार्यलयको छडेकमा पुगेको थिए । जनसम्पर्क हुने कार्यालयमा सेवा प्रवाहमा जनगुनासो धेरै आएपछि सिंहदरबारमा नजिकै रहेको मालपोत कार्यलयमा पुगेका हुन् ।
कार्यलय खुल्ने समयको २० मिनेटपछि पुगेका मन्त्री पण्डितसहितको टोली पुग्दा कार्यलयमा उपस्थित भएको कर्मचारीहरु काम गर्नका लागि तयार समेत भइसकेका थिएनन् । भने ९ जना अनुपस्थित थिए । दुई जना भने टोली पुगेको केही समय पछि आए ।
उनले त्यहाँ पुगेको कार्यलय प्रमुखसँग कार्यलयको बारे कामका बारे कुराकानी गरे । साथै टोलीमा रहेको मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङ अनुपस्थित कर्मचारीको हाजिरीमा रातो समेत हानिदिए । मन्त्री पण्डितले अनुपस्थित कर्मचारीलाई विभागिय कारबाही गर्न निर्देशन दिए ।
अनुगमनका क्रमका मन्त्री पण्डितले सेवाग्राहीसँग समेत कुराकानी गरेका थिए । राम्रो कामका लागि चर्चित मन्त्री पण्डित कार्यलयबाट बाहिरपछि सेवाग्राहीले भने उनको प्रसंशा गरे । एक सेवाग्राहीले भने, ‘आहा ! कति राम्रा मन्त्री लालबाबु पण्डित ।’
मन्त्री पण्डितद्वारा सरकारी कार्यालयमा अनुगमन, डिल्लीबजार मालपोतमा ९ जना छड्केमा