तस्बिरमा अख्तियारकाे ३२ औं स्थापना दिवस


२८ माघ २०७९, शनिबार
PRO KTM PRACHANDA scaled

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो ३२ औं स्थापना दिवस मनाएको छ । शनिबार राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा दिवसको मुल समारोह आयोजना गरिएको हो ।

कार्यक्रममा राष्ट्रपति भण्डारीले मुलुकमा उपलब्ध स्रोतसाधनको अधिकतम परिचालन गरी सबैले नैतिकवान, सदाचारी र ईमान्दार भई कार्य गर्न सकेमा भ्रष्टाचार न्यूनीकरण हुने विश्वास ब्यक्त गरिन् । भ्रष्टाचार राज्य विरुद्बको अपराध भएको र यसले मुलुकको सम्वृद्बि र दिगो विकासमा बाधा पुर्‍याउने भएकोले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनमा सम्पूर्ण राज्य संयन्त्र एवम् सरोकारवाला एकजुट हुन जरुरी रहेको बताइन् ।

समारोहमा विशिष्ट अतिथिको रुपमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपस्थीत थिए । प्रधानमन्त्री दाहालले भ्रष्टाचार नियन्त्रण गरी मुलुकको विकास, नागरिक हित र सुशासन कायम गर्न आयोगले स्वतन्त्र, निष्पक्ष र निर्भीकताका साथ अनुसन्धान गरी दोषीलाई कारवाहीको दायरामा ल्याउने विश्वास व्यक्त गरे ।

आयोगलाई जिम्मेवारी निर्वाह गर्ने सवालमा सरकारले हर प्रकारको सहयोग गर्ने र भ्रष्टाचारको विरुद्ब सरकार हदैसम्म निर्मम हुने समेत बताए ।

आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले भ्रष्टाचारको संजाल दिनानुदिन विस्तार हुनुको साथै यसले संस्थागत रुप लिदै गएको र विकासका पूर्वाधारहरुको निर्माणमा बर्षेनी ठूलो रकम खर्च भएता पनि आवश्यक गुणस्तर एवम् यिनीहरुको दिगो व्यवस्थापन गर्न नसक्दा श्रोतको दुरुपयोग बढेको बताए ।

राज्य अन्तर्गतका सबै निकायहरुले कानुनतस् प्राप्त अधिकार र दायित्वलाई जिम्मेवारी र दृढतापूर्वक निर्वाह गरेमा भ्रष्टाचार स्वत: घट्न सक्ने भन्दै नागरिकलाई सुशासनको अनुभूति दिलाउन राज्यका नियामक निकायहरु समेत क्रियाशील रहनुपर्ने कुरामा जोड दिनु दिए । भ्रष्टाचार नियन्त्रणको लागि आयोगको एकल उपस्थिति, सक्रियता र भूमिकाले मात्र सम्भव नहुने हुँदा सरकार, निजी क्षेत्र, नागरिक समाज, सञ्चार जगत र सर्वसाधरण नागरिकको समेत सक्रिय भूमिका र सहकार्य निरन्तर प्राप्त हुने अपेक्षा व्यक्त गरे ।

कार्यक्रममा उपराष्ट्रपति, कायम मुकायम प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपप्रधानमन्त्री लगायत उपस्थित थिए ।

Bidhya Devi Bandari scaled
राष्ट्रपति विद्यादेवी भण्डारी
Prachandra
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड
Prem Kumar Rai scaled
आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई
top 3 Leader of Nepal scaled
राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल
President Nepal

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७