सांसद सुवालको प्रश्न : देशलाई परनिर्भर बनाउनु के जनयुद्धको उपलब्धी हो ?


३ फाल्गुन २०७९, बुधबार
prem suwal

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिएर सरकारमा राणाकालीन प्रवृत्ति देखिएको टिप्पणी गरेका छन् । आज (बुधबार) को प्रतिनिधिसभा बैठकमा बोल्दै नेता सुवालले राणाकालमा मन्त्रीहरूले मनलाग्दी बिदा दिने गरेको र अहिलेको सरकारमा पनि त्यही प्रवृत्ति देखिएको भन्दै आपत्ति जनाए ।

सरकारले फागुन १ गते जनयुद्ध दिवसका अवसरमा सार्वजनिक बिदा दिएको थियो । उनले नेपालमा राणा शासनको बिदा फेरि आएको हो? भन्दै प्रश्न गरे । ‘देव शमशेर ८ महिना मन्त्री हुँदा २ महिना जुवा फुकुवा गरेको भन्ने आएको छ । भीमशमेशर ८ पटक जुवा फुकाएको र ५ दिन सिंदुर जात्रा गर्न विदा दिएको भन्ने छ,’ उनले भने, ‘के नेपालमा राणा शासनको बिदा फेरि सुरु भएको हो ? देश परनिर्भर हुनु जनयुद्धको उपलब्धी हो ?’

बेलायतमा ८ दिन र अमेरिकामा १४ दिन मात्रै वार्षिक बिदा दिने गरेको भन्दै नेपालले पनि उनीहरूबाट पाठ सिक्नुपर्ने बताए । सांसद सुवालले राष्ट्रपतिको सवारीका क्रममा सधैंजसो सडक जाम हुँदा नागरिकले दुःख पाउने गरेको बताए । उनले भने, ‘अस्ती राष्ट्रपतिको सवारीका क्रममा सितल निवासबाट बानेश्वरसम्म निकै जाम भयो। म आफैं पनि दुई घण्टा जाममा फसे । लाखौं लाख जनतालाई सास्ती भयो । राष्ट्रपतिको यात्रा सडक जाम नहुनेगरी गृहमन्त्रीको जिम्मेवारी लिनु भएका प्रधानमन्त्रीले किन जिम्मा लिनु भएन यसबारे संसदमा बोल्न दिनु जरूरी छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७