पल शाहको मुद्दामा आज उच्च अदालत पोखरामा सुनुवाइ हुँदै


१४ फाल्गुन २०७९, आईतवार
Paul

काठमाडौँ । अभिनेता पल शाहले जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध सफाइ माग गर्दै उच्च अदालत पोखरामा दिएको रिट निवेदनमा आज (आइतबार) सुनुवाइ हुँदैछ ।

नाबालिग बलात्कारको मुद्दामा सफाइ दिए पनि जिल्ला अदालत नवलपुरले बाल यौन दुरुपयोग कसुरमा पलविरुद्ध साढे २ वर्षको कैद सजाय सुनाएको छ । उक्त फैसलाविरुद्ध सफाइ पाउनु पर्ने माग गर्दै पलले उच्च अदालतमा पुनरावेदन दिएका हुन् । उता सरकारी वकिलले पनि उनलाई जबर्जस्ती करणी मुद्दामा सफाइ दिन नमिल्ने दाबी गर्दै उच्च अदालतमा रिट निवेदन हालेका छन् । आज दुवै निवेदनलाई सँगै राखेर उच्च अदालत पोखराले सुनुवाइ गर्ने भएको छ ।

पलका अधिवक्ता कमलामोहन वाग्लेले आफूहरू पेसी सार्ने पक्षमा नरहेको बताएका छन् । पल शाह अहिले तनहुँ जिल्ला कारागारमा छन् । तनहुँ जिल्ला अदालतले भने पललाई सफाइ दिइसकेको छ । २०७८ फागुन ११ गते उनीविरुद्ध जिल्ला अदालत तनहुँमा जाहेरी परेको थियो । त्यसको चार दिनपछि जिल्ला प्रहरी कार्यालय तनहुँमा पल शाहले आत्मसमर्पण गरेका थिए । पछि नवलपुर जिल्लामा पनि जाहेरी परेको थियो । तर फैसला नवलपुर अदालतले पहिले गर्‍यो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७