मिटरब्याजी श्याम परदेशीलाई पाँच लाख धरौटीमा छाड्न अदालतको आदेश


२१ फाल्गुन २०७९, आईतवार
Bishes Adalat2020 02 05 05 10 01

काठमाडौँ । सम्पत्ति शुद्धिकरण मुद्दामा थुनामा रहेका सर्लाहीका मिटरब्याजी श्याम परदेशी भनिने श्यामकृष्ण साहलाई विशेष अदालतले पाँच लाख धरौटीमा रिहा (छाड्न) गर्न आदेश दिएको छ ।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, न्यायाधीशहरु शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले परदेशीलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

परदेशीविरुद्ध सम्पत्ति शुद्धिकरण विभागले मुद्दा दायर गरेको थियो । विशेष अदालतका सूचना अधिकृत नारदप्रसाद भट्टराईले आइतबार अदालतमा उपस्थित गराइएका परदेशीलाई पाँच लाख धरौटीमा रिहा गर्ने आदेश भएको जानकारी दिएका छन् ।

परदेशीको मिटर ब्याजको कारण पीडितहरुले दिएको उजुरीमाथि छानबिन गरी विभागले मुद्दा दायर गरेको थियो । पीडितहरुले राजधानीमा विरोध प्रदर्शन गरेपछि सरकारले पक्राउ गर्नुका साथै छानबिन अगाडि बढाएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७