जन्मगाउँ पुगेर डा. रुइतले गरे ७० जनाको आँखाको शल्यक्रिया


२१ फाल्गुन २०७९, आईतवार
Sanduk ruit 2

ताप्लेजुङ । बरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइत नेतृत्वको चिकित्सक तथा आँखा प्राविधिकको टोलीले आफ्नो जन्म गाउँ ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका पुगेर ७० जनाको आँखाको शल्यक्रिया गरेको छ ।

Sanduk ruit 1

शनिबार ४८ र आइतबार २२ जना गरी कूल ७० जनाको मोतियाबिन्दुको शल्यक्रिया गरेको फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष मुक्ति (राजन)लावुङ लिम्बूले जानकारी दिएका छन् । फागुन ८ गतेदेखि फक्ताङलुङ गाउँपालिकाका विभिन्न दुर्गम बस्तीमा पुगेर आँखा प्राविधिकहरुले २ हजार जनाको आँखाको जाँच गरी मोतियाबिन्दुको शल्यक्रिया गर्नुपर्ने बिरामीको छनौट गरेको थियो । छनौट भएका बिरामीको गाउँपालिकाको केन्द्र तापेथोकमा आएर रुइत नेतृत्वको चिकित्सक तथा प्राविधिकको टोलीले शनिवार र आइतबार आँखाको शल्यक्रिया गरेको थियो ।

तिलगंगा आँखा प्रतिष्ठान र फक्ताङलुङ गाउँपालिकाको संयुक्त आयोजनामा भएको यस्तो शिविरमा शल्यक्रिया गर्नुपर्ने प्रकृतिका बिरामीलाई शल्यक्रिया स्थल सम्म ल्याउने यातायात सुबिधा देखि बस्ने र खाने व्यवस्था समेत गाउँपालिका आफैंले गरेको गाउँपालिकाले जनाएको छ । अन्य उपचार प्रवन्ध तिलगंगा आँखा प्रतिष्ठानले गरेको थियो ।

दुर्गम आफ्नो जन्मक्षेत्रमा आफू नेतृत्वको टोलीले स्थानीयलाई सेवा दिन पाउँदा वर्ग महसुस भएको डा रुइतले बताएका छन् । डा रुइतको जन्मगाउँ फक्तालुङ गाउँपालिका–७ ओलाङचुङगोला हो । शिविर सकेपछि उनी आफ्नो जन्म गाउँ ओलाङचुङगोलातर्फ लागेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७