नयाँ राष्ट्रपति चयनका लागि मतदान शुरु


२५ फाल्गुन २०७९, बिहीबार
mata

काठमाडौं । नयाँ राष्ट्रपति चयनका लागि मतदान शुरु भएको छ । काठमाडौंको नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा मतदान जारी छ । मतदानका लागि दिउँसो ३ बजेसम्मको समय तोकिएको छ ।

दुई केन्द्रबाट मतदान भइरहेको छ । एउटा मतदान केन्द्रमा संघीय सांसद र अर्कोमा प्रदेश सांसदले मत खसाल्दै छन् । राष्ट्रपति निर्वाचनमा प्रत्येक प्रदेश सांसदको ४८ र संघीय सांसदको ७९ मतभार गणना हुन्छ । राष्ट्रपति निर्वाचनको अन्तिम नामावलीअनुसार १४ राजनीतिक दलका सहित स्वतन्त्र र मनोनीत सांसदहरू मतदाता रहेका छन् । नयाँ राष्ट्रपतिका लागि आठदलीय गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङ प्रतिस्पर्धामा छन् ।

मतदान सकिएलगत्तै सर्वपक्षीय बैठक बसेर गणना सुरु गरिने निर्वाचन आयोगले जनाएको छ । आजै बेलुका ७ बजेसम्ममा नतिजा सार्वजनिक गर्ने तयारी रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन् । ३ बजेसम्म मतदानको समय तोकिएको र सकिए लगत्तै सर्वपक्षीय बैठक बसेर मतगणना शुरु भई ७ बजेभित्र नतिजा आइसक्ने उनले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७