सुनको भाउ आज पनि बढ्यो, कतिमा हुँदैछ कारोबार ?


२५ फाल्गुन २०७९, बिहीबार
Gold 2

काठमाडौं । नेपाली बजारमा लगातार तेस्रो दिन आज (बिहीबार) सुनको भाउ ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारदेखि निरन्तर सुनको मूल्य घटिरहेको छ । नेपाली बजारमा सुनको मूल्य आज ५०० रुपैयाँ प्रतितोलाले घटेको हो ।

योसँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १ हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख ५ सय रुपैयाँ कायम छ । हिजो बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख १ हजार ५०० र तेजाबी सुनको मूल्य १ लाख १ हजार रुपैयाँ थियो ।
यस्तै, मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख २ हजार ५०० रुपैयाँ थियो । उक्त दिन ३०० ले घटेर सुनको कारोबार सुरु भएको थियो ।

त्यसयता २ दिनमा गरी सुनको मूल्यमा कूल १५ सय रुपैयाँको गिरावट आइसकेको छ । यस्तै, पल्लो समय चाँदीको मूल्य समेत घटिरहेको छ । आज चाँदीको मूल्य ५ रुपैयाँले घटेर १ हजार २२० रुपैयाँ कायम छ । हिजो बुधबार यसको मूल्य तोलामा १ हजार २२५ रुपैयाँ कायम थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७