नेपाल ल क्याम्पसलाई अन्तराष्ट्रियस्तरको कलेज बनाउँछौं : कैलाश तामाङ


४ चैत्र २०७९, शनिबार
Kailash Tamang

कैलाश तामाङ नेपाल ल क्याम्पसमा एलएलएम पहिलो वर्षको विद्यार्थी हुन् । २००७ सालमा स्थापना भएको नेपाल ल क्याम्पस नेपालको सबैभन्दा पुरानो क्याम्पस हो । अध्ययनसँगै विद्यार्थीहरुको हकहित रक्षाको पैरवी र शैक्षिक सुधारको लागि निरन्तर सक्रिय तामाङ नेपाल ल क्याम्पसको स्ववियु निर्वाचनमा अनेरास्ववियुबाट सभापतिको उम्मेदवार छन् । संखुवासभाबाट काठमाडौं अध्ययनका लागि आएका तामाङ विद्यार्थीहरुको विचमा लोकप्रिय छन् । नेपाल ल क्याम्पस सुधारको मार्गचित्र बनाएर सभापतिको उम्मेदवार बनेका तामाङसँग गरिएको छोटो कुराकानी :


निर्वाचनको तयारी कस्तो छ ?
निर्वाचनको तयारी पूरा भएको छ । हामीले गरेका कामका आधारमा हामीले निर्वाचन जित्नेमा विश्वस्त छांै । नेपाल ल क्याम्पसमा २५ सय विद्यार्थी छन् । अहिलेको मतदाता २२ सय ५० छन् । अहिले अनेरास्ववियुसँग बहुमत पुग्ने खालको विद्यार्थी छन् । हामीले सबै फ्याक्ल्टीलाई समेटेर समावेशी समुह बनाएका छौ । सत्ताधारी एउटा गठबन्धन छ । हामी एक्लै छांै । एक्लै भएपनि विद्यार्थीहरुको हकहित र शैक्षिक सुधारको निम्ती अरोरात्र र अविछिन्न रुपमा क्रियाशिल संगठन हो । विगतदेखि हामीले धेरै राम्रो कामहरु गर्दै आएका छौं । हामीसँग हामीले विगतमा गरेका गौरवमय कामहरुको सूची मात्रै छैन, अब गर्ने कामको असाध्यै प्रष्ट मार्गचित्र पनि छ । हाम्रो अजेन्डा प्रष्ट छ । त्यही भएर हामी जित्नेमा ढुक्क छौं ।


सभापतिको उम्मेदवार हुनुहुन्छ, तपाईको टिम कस्तो छ ?
मेरो समुह पूर्ण रुपमा समावेशी छ । सबै विद्यार्थीको आवाज सुन्ने गरी समावेशी समुह बनाएका छौं । सबै क्षेत्र, वर्ग र क्षेत्रमा विद्यार्थी हाम्रो समुहमा हुनुहुन्छ । तर अर्को समुह त्यस्तो समावेशी छैन । सबै हिसाबले उत्कृष्ट समुह अनेरास्ववियुको समुह हो । म कलेजमा भिजेको मान्छे हुँ । अहिले हाम्रो १० जनाको समूह छ । सबै संकायलाई मिलाएर समावेशी खालको समुह बनाएका छौं । दलित, मधेशी, आदिवासी जनजाति महिलासहितको सबैको समावेशी समुह छ । तर अरु समुहमा समावेशी समुह छैन ।


तपाई र तपाईको समूहलाई विद्यार्थीले भोट किन दिने ?
नेपाल ल क्याम्पसमै लामोसमयदेखि भिजेको मान्छे हुँ । हाम्रो संगगठनको कानुन शिक्षाको सुधारमा धेरै ठूलो योग्दान रहेको छ । ५ वर्षीय कानुन शिक्षाको अवधारणा र अध्ययन सुधार हामीले गरेका हौ । २०६५ सालमा हामीले स्ववियुमा विजयी भएपछि कानुन सुधार अभियानअन्तर्गत ५ वर्षीय कानुन शिक्षासञ्चालनमा आएको हो । जुन नेपालको कानुनको इतिहासमा हामीले ल्याएको अवधारणा हो । राजनीतिक कार्यक्रम भन्दा पनि हामीले एकेडेमिक विकासका लागि काम गछौ । हिजो हामीले विद्यार्थीलाई अध्ययनका लागि कक्षा चलाउँदा आफैले २०३६ सालदेखि अहिलेसम्मको अनेरास्ववियुले १ नम्बर प्रदेशको मुख्य मन्त्रीदेखि भानुभक्त ढकाल मात्र नभएर न्यायाधीशसम्म हुनुभएको छ ।

एकेडेमिक क्सेलेन्सी नै हाम्रो चुनाव जित्ने आधार हो । अझैं अनुसन्धानका केन्द्र र विधागत विभाग स्थापना गर्ने कार्यक्रम रहेको छ । प्रोफेसर र विद्यार्थी समेत रहने गरीको अवधारणा अघि सारेका छौं । अहिले सेमेस्टार प्रणालीको सुधार हाम्रो दोस्रो योजना हो । परीक्षा, नजिताको लागि एकेडेमिक क्यालेन्डर निर्माण हाम्रो अर्को योजना हो । यसैगरी सबै फ्याकल्टिीका विद्यार्थीलाई एक आपसमा घुलमिल गर्ने र छलफल गर्ने अवस्थाको निर्माण गर्नेछौं ।

कानुन सुधारमा तपाईहरुको भूमिका कस्तो हुनेछ ?
नेपालमा कानुन शिक्षाको सुधारमा यो संगठनको सबैभन्दा ठूलो योगदान रहेको छ । १५ औँ पञ्चवर्षीय योजनामा कानुनको विषयलाई विकास गर्नुपर्छ । नेपाल ल क्याम्पस सबैभन्दा पुरानो २००७ सालमा स्थापना भएको पुरानो क्याम्पस हो । कानुन शिक्षाको विकासका लागि अनेरास्ववियुले ठूलो पहल र नेतृत्व गरेको छ । सुधारको लागि हामीले हाम्रो घोषणापत्रमा स्पष्ट योजना नै पेश गरेका छौं ।

अन्त्यमा विद्यार्थीहरुलाई केही भन्नुहुन्छ ?
म दुई वर्ष नै यही क्याम्पसमा पढ्छु । स्ववियुको अवधि पनि दुई वर्षको हुन्छ । यस अवधिमा ल क्याम्पसलाई एउटा एकेडेमिक स्थान बनाउने र अन्तराष्ट्रिय विश्वविद्यालयहरुसँग सम्बन्ध विकासको योजना रहेको छ । अन्तराष्ट्रियस्तरका कलेज र नेपालको कलेजको सीप आदान प्रदान गर्ने काम गर्नेछु । समग्रमा मैले कानुन शिक्षाको शैक्षिक सुधारमा लाग्नेछु । यो कलेजलाई अन्तराष्ट्रियस्तरको कलेज बनाउने अधिकतम् प्रयास गर्नेछु । राजनीतिक भन्दा पनि विद्यार्थीको हितमा काम गर्नेछु । अनेरास्ववियुलाई अत्याधिक मत दिएर विजयी गराउनुस् । हामीले कानुन शिक्षाको सुधार र विद्यार्थीलाई सहजीकरणमा क्रियाशील भएर काम गर्नेछौं ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७