मधेसी जनताको अधिकार दिलाएर छाड्छौं : अध्यक्ष राउत


९ चैत्र २०७९, बिहीबार
ck rauta 1536x692 1

कलैया । जनमत पार्टीका केन्द्रिय अध्यक्ष एवं संघीय सांसद डा. सीके (चन्द्रप्रकाश) राउतले मधेसी जनताको अधिकार दिलाएर छाड्ने उदघोष गरेका छन् ।

बाराको सदरमुकाम कलैयामा आयोजित बृहत् पार्टी प्रवेश एवं आमसभामा उनले मधेसी जनतालाई अधिकार दिलाउनका लागि कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे । उनले मधेसको विकास र अधिकारका लागि सहादत प्राप्त गरेका मधेसी सहिदको सपना साकार हुने गरी जनमत पार्टीले काम गर्ने प्रतिबद्धता जाहेर गरे ।

मुलुकमा भ्रष्टाचार बढ्दै गएको भन्दै अध्यक्ष राउतले भ्रष्टाचारलाई न्यूनीकरण गर्दै विधिको शासन कायम गराउन, घरघरमा रोजगारी सिर्जना गर्न एवं किसानलाई सहुलियतमा मलखाद उपलब्ध गराउन राज्य संवेदनशील हुनुपर्ने बताए । जनमत पार्टी जनताको आशा एवं भरोसाको किरण रहेको भन्दै उनले जनमत पार्टीलाई मधेस प्रदेशमा सबैभन्दा ठूलो पार्टी बनाएर छाड्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७