मिसन ग्रासरुटमा श्रम शिविर : शेरधनले उठाए बेल्चा, यज्ञराज सुनुवारले हाने घन


१२ चैत्र २०७९, आईतवार
Sherdhan Rai

तेहथुम : नेकपा (एमाले)ले सञ्चालन गरीरहेको ‘मिसन ग्रासरुट’ अभियान अन्तरगत श्रम शिविर सञ्चालन गरिएको छ । छथर गाउँपालिका आयोजना र वडा कमिटिहरुको संयोजनमा श्रम शिविरको आयोजना गरिएको हो ।

तेह्रथुममा मिसन ग्रासरुटको नेतृत्व गरेर गएका एमाले केन्द्रीय सदस्य तथा पूर्व सांसद यज्ञराज सुनुवार आफैं घन र कोदालो बोकेर श्रम शिविरमा निस्किएपछि यहाँका अन्य नेता कार्यकर्ता पनि श्रममा जुटेका छन् । सुनुवारले सडकमा अबरोधको रुपमा रहेका ढुङ्गा फुटाएर श्रम शिविर सहभागिता जनाएका हुन् ।

शनिबार स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राईसमेत श्रम शिविरमा सहभागी भए। उनले बेच्लाले अबरोध हटाए । छथर गाउँपालिकाको सिदुवाबाट वडा नम्बर १ को वडा कार्यालय हुँदै शुक्रबारे जोड्ने सडकको अवरोध हटाएर एमालेको मिसन ग्रासरुटले सहज यातायात सञ्चालनको अवस्था बनाएको छ ।

CPNUML

श्रम शिविरमा पूर्वसांसदहरु लक्ष्मण तिवारी, तेजमान कन्दङ्वा, छथर गाउँपालिकाका अध्यक्ष सन्तोष तिगेलालगायतका नेता कार्यकर्ता सहभागी छन् । छथर गाउँपालिकाका ६ वटै वडामा मिसन ग्रासरुटको राजनीतिक काममात्र नभएर श्रम शिविर सन्चालन गरिएको सुनुवारले बताए ।

गाउँपालिका कमिटीको आयोजना र वडा कमिटीहरूको व्यवस्थापनमा सबै वडामा श्रम शिविर सन्चालन भएको र ९ किलोमिटर सडकको नाली सरसफाइ तथा मर्मत गरिएको एमालेले जनाएको छ । अस्पतालहरूको सरसफाइमा समेत एमालेका ६४७ जना नेता कार्यकर्ता सहभागी भएको गाउँपालिका कमिटीले जनाएको छ ।

एमालेको मिसन ग्रासरुट अन्तर्गत श्रम शिविर सञ्चालन भएको भने यो पहिलो हो ।

Yagyaraj sunuwar

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७