साफ–१७ वर्षमुनिको महिला च्याम्पियनसिप : नेपाल रुससँग पराजित


१३ चैत्र २०७९, सोमबार

काठमाडौँ । साफ १७ वर्षमुनिको महिला च्याम्पियनसिपमा नेपाल रुससँग पराजित भएको छ । बङ्लादेशको ढाकामा हिजो बेलुका भएको खेलमा नेपाल ३–० गोलले पराजित भएको हो ।

रुसका एलिना गोलिकले दुई तथा पोलिना फिलसिनाले एक गोल गरिन् । रुसले तीन वटै गोल खेलको दोस्रो हाफमा गरेको थियो । जितसँगै अपराजित टोली रुस ३ खेलमा ९ अङ्क जोडेर शीर्षस्थानमा रहेको छ । समान खेलमा भारत र बङ्लादेशको ६ अङ्क छ । नेपालको उपाधि जित्ने सम्भावना सकिएको छ ।

नेपालको ३ खेलमा ३ अङ्क छ । अब नेपालले राउन्ड रोबिन लिगको अन्तिम खेलमा भोलि आयोजक बङ्लादेशसँग खेल्नेछ । साफ १७ वर्षमुनिको च्याम्पियनसिपमा नेपाल, बङ्लादेश, भुटान, भारत र रुस सहभागी छन् । सिङ्गल राउण्ड रोबिनपछि शीर्षस्थानमा रहने टोली च्याम्पियन बन्ने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७