यू–२० महिला एसियन कप : दोस्रो चरणको छनोटका लागि प्रारम्भिक टोली घोषणा

काठमाडौं । एएफसी यू–२० महिला एसियन कप क्वालिफायरको दोस्रो चरणको लागि नेपालको प्रारम्भिक टोली घोषणा भएको छ । नेपाली यू–२० महिला टोलीका मुख्य प्रशिक्षक याम गुरुङले पहिलो चरणमा ३२ खेलाडीको नाम घोषणा गरेका छन् ।
गुरुङले यसअघि पहिलो चरणको छनोट खेलेकै टोलीका अधिकांश खेलाडीसँगै साफ यू–१७ महिला च्याम्पियनसिप खेलिरहेका टोलीका खेलाडी पनि समेटेका छन् । यस्तै राष्ट्रिय टोलीका नियिमत सदस्यहरु प्रिती राई, दीपा शाही र अमिसा कार्की पनि टिममा छन् ।
अखिल नेपाल फुटबल संघ एन्फाका अनुसार बन्द प्रशिक्षक अप्रिल ४ देखि सुरु हुनेछ । दोस्रो चरणको छनोट खेलहरु आगामी जुन ३ देखि ११ सम्म हुनेछ ।
दोस्रो समूहमा नेपाल समूह बी मा छ । यस समूहमा चीन, म्यानमार र चाएनिज ताइपेइ छ । २०२४ मा उज्वेकिस्तानमा हुने एएफसी यू–२० महिला एसियन कपका स्थान बनाउन नेपाल मसहूको शीर्ष दुईमा पर्नुपर्नेछ ।
समूह ए मा अस्ट्रेलिया, भियतनाम, लेबनान र इरान रहेका छन । दुवै समूहबाट शीर्ष दुई टोली अन्तिम प्रतियोगिताका लागि छनोट हुनेछन् । नेपाल पहिलो चरणको समूह विजेता बन्दै दोस्रो चरणमा छनोट भएको हो । प्यालेस्टाइनमा भएको पहिलो चरणको छनवटमा नेपालले घरेलु टोली र नर्दन मारियाना आइसल्यान्डमालाई समान ६–० ले पराजित गरेको थियो ।
यस्तो छ प्रारम्भिक टोली
गोलकिपर : कविता विक, सुजाता तामाङ, लिला जोशी, साबित्री किसन, पूजा थापा ।
डिफेण्डर : सबिना चौधरी, सजनी थोकर, सरु हमाल, सुनिता भुलान, दिव्य यामसाली मगर, प्रतीक्षा चौधरी, गंगा रोकाय, कुमारी तामाङ ।
मिडिफलिडर : तुलसा बोहरा, सुस्मा जिटी, जेनिफर राना, साराह बज्राचार्य, सुनकला राई, मनमाया दमाई, प्रिती राई, अन्जली मचामसी, सरस्वती हमाल, हिमा रावत, मनिसा सेन, दीपा शाही, बिर्सना चौधरी ।
फरवार्ड : गरिमा राई, अमिसा कार्की, ममता पुन, सन्दिपा भोला, सेनु परियार, वर्षा वली ।