बारा–२ मा चार जनाको मनोनयन दर्ता, मुख्य दलको बाँकी


२० चैत्र २०७९, सोमबार
Shibachandra Kushwaha

बारा । बारा–२ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि १२ बजेसम्म ४ जनाले मनोनयन दर्ता गरेका छन् । मनोनयन दर्ता गर्नेमा स्वतन्त्रबाट विनोदकुमार कर्ण, धुपलाल हजरा र हाम्रो नेपाल पार्टीबाट चन्द्रप्रकाश सुवेदीले उम्मेदवारी दर्ता गरेका हुन् ।

अन्य ठूला दलका उम्मेदवारले भने १ बजेपछि मात्रै मनोनयन दर्ता गर्ने भएका छन् । यता नेपाल मजदुर किसान पार्टीका जिल्ला अध्यक्ष मुक्ति यादवले पनि उमेदवारी दर्ता छन् । उनले शिक्षा, स्वास्थ्य, कृषि बेरोजगार युवाहरुका लागि रोजगारीको व्यवस्था गर्ने बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७