उपनिर्वाचन : बारा–२ मा जसपा अध्यक्ष उपेन्द्र यादवको उम्मेदवारी दर्ता


२० चैत्र २०७९, सोमबार
upendra yadav O25mliPaLh

बारा । बारा–२ को उपनिर्वाचनको लागि जसपाका अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दर्ता गराएका छ्न् । सदरमुकाममा रहेको जिल्ला समन्वय समितिको कार्यालयमा स्थापना गरिएको मुख्य निर्वाचनको कार्यालयमा अध्यक्ष यादवले उम्मेदवारी दर्ता गराएका हुन् ।

समर्थक साथ मुख्य निर्वाचनको कार्यालय पुगेका यादवले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जनाएका छन् ।

यादवको साथ साथै आम जनता पार्टीबाट अरुन कुमार, हाम्रो नेपाली पार्टीबाट चन्द्र प्रकाश सुबेदी, नेपाल मजदुर किसान पार्टीबाट मुक्ति यादव, स्वतन्त्रबाट धुपलाल हजरा र बिनोदकुमार कर्णलगायतले उम्मेदवारी दर्ता गराएको उपाध्यायले जनाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७