च्याम्पियन्स लिगमा रियल र मिलानको अग्रता


३० चैत्र २०७९, बिहीबार
milan

काठमाडौँ । रियल म्याड्रिड र एसी मिलानले युरोपेली च्याम्पियन्स लिग क्वार्टर फाइनल पहिलो लेगमा बुधबार अग्रता लिएका छन् । रियलले बर्नाबाउमा भएको खेलमा चेल्सीलाई २–० ले हरायो ।

त्यसमा करिम बेन्जेमाले सुरुमै गोल गरेपछि मार्को एसेन्सोले दोस्रो गोल थपे । खेलको अन्त्यमा चेल्सी दस खेलाडीमा सीमित हुनु परेको थियो । उसका वेन चिलवेल रातो कार्ड खाएर ५९ औं मिनेटमा मैदान छाड्न बाध्य रहे ।

मिलानले भने सानसिरोमा भएको खेलमा अर्को इटालीको क्लब नेपोलीलाई १–० ले हराएको हो । त्यसमा इस्माएल बेनेसरले पहिलो हाफमा निर्णायक गोल गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७