सरकारले सशस्त्र प्रहरी बलको नियमावली संशोधन गर्ने, मन्त्रिपरिषदले के–के गर्‍यो निर्णय ?


१२ बैशाख २०८०, मंगलवार
Prachanda 1 2 scaled

काठमाडौं । सरकारले काठमाडौं-तराई-मधेस फास्ट ट्रयाकको सम्बन्धमा जग्गा प्राप्तिको विषयलाई छिटो टुंग्याउने निर्णय गरेको छ । आज (मंगलबार) सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बताए ।

उनले बैठकमा सशस्त्र प्रहरी बलको नियमावली संशोधन गर्ने निर्णय गरेको पनि बताए । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको गुणस्तर नापतौल सम्बन्धी विधेयक समितिमा पठाउने निर्णय गरेको पनि उनले बताए ।

Prachanda 2 1

उनले भने, ‘काठमाडौं-तराई-मधेस फास्ट ट्रयाकको सम्बन्धमा जग्गा प्राप्तिको विषयमा छलफल भयो । केही दिनअघि हामीले उच्चस्तरीय समिति पनि यसका लागि निर्माण गरेका थियौँ । त्यो समितिले काम अघि बढाएको छ । छिटै जग्गा प्राप्तिको कामलाई अघि बढाउने, टुंग्याउने भन्ने निर्णय भएको छ । सशस्त्र प्रहरी बलको नियमावली संशोधनको कुरा छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको प्रश्ताव समितिमा पठाउने निर्णय भएको छ । जग्गा कित्ता काटको विषयलाई अर्थ तथा प्रशासन समितिमा पठाउने निर्णय भएको छ ।’

मन्त्री ज्वालाले जग्गा कित्ता काट सम्बन्धी विषयलाई अर्थ तथा प्रशासन समितिमा पठाउने निर्णय भएको पनि बताए । काठमाडौं । सरकारले काठमाडौं-तराई फास्ट ट्रयाकको सम्बन्धमा जग्गा प्राप्तिको विषयलाई छिटो टुंग्याउने निर्णय गरेको छ ।

मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले सशस्त्र प्रहरी बलको नियमावली संशोधन गर्ने निर्णय पनि गरेकको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाका अनुसार बैठकले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको गुणस्तर नापतौलसम्बन्धी विधेयक समितिमा पठाउने निर्णय गरेको छ ।

‘काठमाडौं–तराई फास्ट ट्रयाकको सम्बन्धमा जग्गा प्राप्तिको विषयमा छलफल भयो । केही दिनअघि हामीले उच्चस्तरीय समिति पनि यसका लागि निर्माण गरेका थियौँ । त्यो समितिले काम अघि बढाएको छ । छिट्टै जग्गा प्राप्तिको कामलाई अघि बढाउने, टुंग्याउने भन्ने निर्णय भएको छ’, उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७