चट्याङ लागेर ताप्लेजुङमा ११ बर्षे बालकको मृत्यु, आमा–बुबा गम्भिर घाइते


१४ बैशाख २०८०, बिहीबार
chatyang

ताप्लेजुङ । चट्याङ लागेर ताप्लेजुङको मैवाखोला गाउँपालिका–४ साँघु चित्रेका ११ बर्षीय दोर्ची शेर्पाको ज्यान गएको छ । दोर्चीका बुवा दारिञ्जी र आमा मिङ्लाल्हमु गम्भिर घाइते भएका छन् ।

घाइते दुवैको जिल्ला अस्पतालमा उपचार भईरहेको मैवाखोला गाउँपालिकाका अध्यक्ष बिजयप्रकाश वनेमले जानकारी दिए । मृतक दोर्चीको शव पोष्टमार्टमका लागि ताप्लेजुङ जिल्ला अस्पतालको शव गृहमा राखिएको समेत उनले जानकारी दिए । गए राति ८ बजे दारिञ्जीको घरमा चट्याङ परेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७