एउटासँग अर्को मान्छे डराउनु पर्ने अवस्था आयो : उपप्रमुख डंगोल


१४ बैशाख २०८०, बिहीबार
sunita dangol SCum8sDJmp
फाइल फोटो

काठमाडौँ । काठमाडौँ महानगरकी उपप्रमुख सुनिता डंगोलले मानिसहरुले आफू सुरक्षित नभएको आभाष गर्न थालेको बताएकी छन् ।

आज (बिहीबार) गृह मन्त्रालयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि भएको आक्रमण प्रयास र काठमाडौँको कपनमा वैशाख ७ गते भएको निरा आचार्यको हत्याको विषयलाई लिएर गृहमन्त्रीको ध्यानाकर्षण गराउन पुगेकी उनले नागरिकले असुरक्षित महसुस गरिरहेको बताइन् ।

उनले अहिले मानिसहरु एकले अर्कोसँग डराउनु पर्ने अवस्था सिर्जना भएको बताइन् । उनले ८ दिन बितिसक्दा समेत हत्यारा पत्ता नलाग्नुले जनतामा झनै त्रास बढेको बताइन् । अपराधिक घटना क्रमलाई रोक्न नेपाल प्रहरीसँग मिलेर काठमाडौँ महानगरपालिकाले काठमाडौँ महानगरपालिकामा सिसि क्यामेरा जडान गर्ने प्रक्रिया अघि बढाएको पनि बताइन् । उपप्रमुख डंगोलले महानगरपालिका शान्ति सुरक्षाका लागि नेपाल प्रहरीसँग समन्वय गरेर अघि बढीरहेको पनि बताइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७