चलचित्र ‘सानीमाया’ को शुभमहूर्त


२३ बैशाख २०८०, शनिबार
sani maya

काठमाडौंँ । ८८४८ इन्टरटेनमेन्ट प्रालिको प्रस्तुति तथा धिमाल फिल्ममको निर्माणमा बन्न लागेको नेपाली कथानक चलचित्र ‘सानीमाया’ को शुभमुर्हत भएको छ । नेपाल चलचित्र विकास वोर्डका पूर्व अध्यक्ष राजकुमार राईले ‘सानीमाया’ बुधबार को शुभ मुर्हत गरेका हुन् ।

शुभ मुर्हत कार्यक्रम बोल्दै राईले चलचित्र बनाउनु ठूलो कुरा नभएको तर राम्रो चलचित्र बनाउनु चुनौतीपूर्ण रहेको बताउँदै नेपाली चलचित्रको अवस्था नाजुक बन्दै गएको अवस्थामा सानीमाया फिल्मले चलचित्र क्षेत्रमा एक ईट्टा थप्ने विश्वास ब्यक्त गरे ।
कार्यक्रममा बोल्दै फिल्मका लेखक एवं निर्देशक देव धिमालले फिल्ममा धेरै कलाकारहरु नयाँ अनुहार भएको र नयाँ अनुहारले पनि चलचित्रमा योगदान गर्न सक्छन् भन्ने उदाहरण सानीमाया चलचित्रबाट देखिने कुरामा विश्वास ब्यक्त गरे । उनले भने, ‘नयाँबाटै पुरानो हुने हो यसकारण यस फिल्ममा पुराना र नयाँ कलाकारहरुको संयोजनले चलचित्र सफल हुने विश्वास लिएको छु ।’

राज चौधरी निर्माता रहेको यस चलचित्रमा रामचन्द्र अधिकारी, शारदा गिरी, सावित्रा चिलवाल, राजकुमार शाह, अर्जुन थापा, स्वेच्छा ढकाल, प्रियंका श्रेष्ठ, अभिषेक फुयाल, कृष्णप्रसाद धिताल लगायत कलाकारको अभिनय रहने छ । जेठको दोस्रो हप्ताबाट चलचित्र सुटिङ हुने निर्माण पक्षले जनाएको छ ।

ओ.यस.आर. डिजिटल चलचित्रको डिजिटल पाट्र्नर रहेको छ । शुभ मुर्हत कार्यक्रममा चलचित्र कलाकार सघंका अध्यक्ष वरिष्ठ कलाकार मोहन निरौला, चलचित्र निर्देशक समाजका अध्यक्ष जनक दिप पराजुली, ओ.यस.आर. डिजिटलका प्रोप्राइटर ओमप्रकाश अग्रवाल, नायक सविन श्रेष्ठलगायतका व्यक्तिहरु उपस्थित थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७