संसदमा एमालेको प्रश्न : देश आर्थिक मन्दीमा गएको हामी ढाँट्छौं कि स्वीकार्छौ ?


२५ बैशाख २०८०, सोमबार
Bishnu Poudel scaled

काठमाडौं । पूर्व अर्थमन्त्री एवं एमाले सांसद विष्णु पौडेलले नेपालको अर्थतन्त्र मन्दीमा गइसकेको बताएका छन् । सोमबार प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८० का सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।

सरकारको आधिकारिक निकाय राष्ट्रिय तथ्यांक कार्यालयले प्रकाशित गरेको तथ्यांकले नै देशको अर्थतन्त्र मन्दीमा गएको तथ्य स्विकारेको उनको तर्क छ । अर्थतन्त्र मन्दीमा गएको स्विकार्दै त्यसले सिर्जना गरेको चुनौतीलाई सामना गर्ने अठोटका साथमा बजेट प्रस्तुत हुनुपर्ने पौडेलले प्रस्ट्याए ।

‘देशको अर्थतन्त्र मन्दीमा गएको छ । मन्दीमा गएको छ भन्ने कुरा हामी ढाँट्छौं कि, स्वीकार गछौं कि, यसलाई अरू बिग्रन नदिएर लयमा फर्काउने संकल्पका साथ अघि बढ्छौं ? यो दोबाटोमा हामी छौँ,’ उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७