देश दलका आसेपासेका लागि मात्रै भयो, आम जनता दुःखी छन् : सांसद प्रभु साह


२६ बैशाख २०८०, मंगलवार
prabhu sha

काठमाडौँ । सांसद तथा आम जनता पार्टीका नेता प्रभु साहले देशको आर्थिक समस्या पहिचान गरेर समाधान नगरेसम्म विकास र समृद्धि सम्भव नभएको बताएका छन् । जसकारण आम युवाहरू उदासीन हुँदै र विदेश पलायन भइरहेको बताएका छन् ।

आज (मंगलबार) को प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद साहले यस्तो बताएका हुन् । ‘देशमा विकास किन भएन भनेर सोचिरहँदा आर्थिक समस्या पहिचान गर्न सक्नुपर्छ । अन्यथा टाउकोको दबाइ पेटमा लगाए जस्तै हुन्छ । नेपाली जनताले देशमा भविष्य देख्न छाडेका छन् । मजदुरहरू, युवाहरू विदेश पलायन भइरहेका छन् । पढे लेखेका युवाहरू लाखौं रकम तिरेर विदेशको नागरिक बन्न चाहन्छन् । किन यस्तो अवस्था आयो ? युवालाई यो देश मेरो हो भन्ने महसुस किन भइरहेको छैन ?’ सांसद साहले सोधेका थिए ।

उनले स्थिरता र असल नेतृत्वको अभाव देखिएको भन्दै आम युवाहरूमा एकता भाव जागृत गराउन नसकिएको बताएका थिए । सांसद साहले भने्, ‘यो सरकार मेरो हो, यो राज्य मेरो हो भन्ने महसुस दलका आसेपासहरूलाई मात्रै भएको छ । आम जनतालाई त्यस्तो महसुस भएको छैन । मुठ्ठीभर मान्छेहरू मात्रै खुशी छन् । आम जनता दुःखी छन् । दलभित्र पनि सिन्डिकेट छ र मुठ्ठीभर मान्छेले लाभ लिइरहेका छन् । स्थिरता दिन सकिएको छैन । एकता भाव दिन सकिएको छैन ।’ यस क्रममा सांसद साहले आर्थिक समस्याको समाधानसँगै समस्याको कारण पनि पहिचान गरिनुपर्ने स्मरण गराएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७