माइतीघरमा नारा : भन्ने छौं हामी बारम्बार, भ्रष्टाचारीलाई कारागार


३० बैशाख २०८०, शनिबार
narayanchaur 19 GHIgZEsWJk

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको छ । नागरिक समाजले शरणार्थी प्रकरणका कुनै दोषीलाई उन्मुक्ति दिन नहुने भन्दै प्रदर्शन गरेका हुन् ।

भ्रष्ट, नालायकहरूविरुद्ध सबै एकजुट हुने दिन आयो, पार्टी, संस्था, वादलाई आफैसँग राखेर राष्ट्रका लागि उत्रने बेला आयो भन्दै उनीहरूले प्रदर्शन गरेका थिए । प्रदर्शनमा सहभागीहरुले कुनै पनि दवावमा नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई मुक्त गर्न नहुने जनाएका छन् । प्रदर्शनसभा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पुगेर ऐक्यवद्वता जनाएका थिए ।

उनले भ्रष्टाचार अब नेपाली जनताले नसहने भन्दै यसअघिको सबै भ्रष्टाचारको अनुसन्धान हुनुपर्ने बताए । त्यस्तै प्रदर्शनमा सहभागीहरुले टोपबहादुर हो कि टापबहादुर, सचिव-मन्त्री सोचेको तस्कर र बिचौलिया परेछ, देशमा अर्थतन्त्र मन्द छ, नेताहरुको भ्रष्टाचार धन्दा छ, भन्ने छौं हामी बारम्बार, भ्रष्टाचारीलाई कारागार, लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७