चेल्सीलाई हराउँदै सिटीले उचाल्यो ट्रफी


८ जेष्ठ २०८०, सोमबार
thumb 1 5

म्यानचेस्टर । म्यानचेस्टर सिटीले चेल्सीलाई १–० ले पराजित गर्दै आइतबार इङलिस प्रिमियर लिगको ट्रफी उचालेको छ । इतिहाडमा भएको खेलमा जुलियन एल्भारेजले निर्णायक गोल गरे । सिटीले लगातार तेस्रो सिजन लिग उपाधि जितेको हो ।

अघिल्लो दिन नटिङघम फरेस्टले दोस्रो स्थानमा रहेको आर्सनललाई पराजित गरेपछि सिटीले लिग जित्ने निश्चित भएको थियो र उसलाई आफ्नो घरेलु मैदानमा उपाधि जितेको खुसीयाली मनाउने अवसर दिइएको थियो ।

आइतबारका अन्य खेलमा ब्राइटनले रेलिगेसनमा परिसकेको साउथह्याम्पटनलाई ३–१ ले हरायो । यस जितपछि ब्राइटनले अर्को सिजन युरोपमा खेल्ने निश्चित जस्तै भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७