जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव चयन


८ जेष्ठ २०८०, सोमबार
upendra Yadav
फाइल फोटो

काठमाडौं । सत्तारुढ जनता समाजवादी पार्टी संसदीय दलको नेतामा उपेन्द्र यादव चयन भएका छन् । आज बसेको संसदीय दलको बैठकले पार्टी अध्यक्ष समेत रहेका यादवलाई सर्वसम्मत रूपमा दलको नेता चयन गरेको हो ।

गत वैशाख १० गते बारा क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनबाट विजयी भएपछि उनी सोमबार बसेको संसदीय दलको बैठकबाट नेतामा चयन भएका हुन् । गत मंसिर ४ मा भएको निर्वाचनमा यादव सप्तरी क्षेत्र नम्बर २ मा जमत पार्टीका डा. सीके राउतसँग पराजित भएका थिए । यादव पराजित भएपछि बारा २ बाट निर्वाचित रामसहायप्रसाद यादव दलको नेता बनेका थिए ।

तर गत चैत ३ गते भएको उपराष्ट्रपतिको निर्वाचनमा उनी विजयी भएपछि जसपा दलको नेता पद खाली थियो । सोमबार बसेको जसपा संसदीय दलको बैठकले यादवलाई सर्वसम्मत दलको नेता चयन गरेको हो । सत्ता गठबन्धन सरकारमा अहिले पनि जसपाको भागमा परेको वन तथा वातावरण मन्त्रालय खाली छ ।

जसपबाट अशोक राई शिक्षा मन्त्री छन् । उक्त खाली मन्त्रालयमा जसपाले अहिलेसम्म मन्त्री पठाउन सकेको छैन । यस्तो दलको नेता चयन भएका यादव आफैं उपप्रधानमन्त्री समेत लिएर सरकारमा जान सक्ने बाटो खुलेको छ । यदि यादव सरकारमा नगए डा. वीरेन्द्र महतो, राजकिशोर यादव र प्रदीप यादवमध्ये एकजना मन्त्री बन्न सक्ने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७