श्रीमान विदेशमा, श्रीमतीको शव जंगलमा गाडेको अवस्थामा फेला


२३ जेष्ठ २०८०, मंगलवार
death woman
सांकेतिक तस्वीर

कैलाली । कैलालीमा सामुदायिक वनमा गाडिएको अवस्थामा महिलाको शव भेटिएको छ । जिल्लाको गौरीगंगा नगरपालिका–२ की २७ वर्षीया कविता बुढाको शव घर नजिकैको सामुदायिक वनमा गाडेको अवस्थामा भेटिएको प्रहरी निरीक्षक खगेन्द्र साउदले जानकारी दिए ।

उनकाअनुसार महिलाको बुढाको शव केदारेश्वर सामुदायिक वनमा गाडिएको अवस्थामा भेटिएको हो । बुढाका परिवारले उनी हराएको भन्दै सोमबार मात्र खोजीका लागि प्रहरीमा निवेदन दिएका थिए । उनको कसैले हत्या गरेर शव गाडेको हुनसक्ने प्रहरीले बताएको छ । घटनाबारे अनुसन्धान जारी छ । मृतक बुढाका श्रीमान् रोजगारीको सिलसिलामा भारतमा छन् भने उनका दुई जना छोराछोरी रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७