गायक प्रेमध्वजको जन्म जयन्तीमा स्रष्टा सम्मानित हुँदै


२७ जेष्ठ २०८०, शनिबार
premdhoj pradhan

काठमाडौं । गायक प्रेमध्वज प्रधानको ८७ औँ जन्मजयन्तीका अवसरमा नेपाली सुगम सङ्गीत क्षेत्रमा अमूल्य योगदान पुर्‍याउने स्रष्टाहरू सम्मानित तथा पुरस्कृत हुने भएका छन् ।

‘गोल्डन भ्वाइस प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठान’ ले यहीँ जेठ २७ गते एक समारोहको आयोजना गर्दै पहिलो पटक सम्मान तथा पुरस्कार कार्यक्रम आयोजना गर्न लागेको प्रतिष्ठानका सदस्य प्रसन्नध्वज प्रधानले जानकारी दिए ।

‘सङ्गीतमा पनि पछाडि हुनेलाई सम्मान गर्ने बुबा (प्रेमध्वज) को सपना थियो । त्यसैको सुरुआत गर्न लागेका हौँ’, उनले भन । प्रेमध्वज प्रधान स्मृति राष्ट्रिय सङ्गीत सम्मानद्वारा गीतकार किरण खरेल, प्रेमध्वज प्रधान स्मृति राष्ट्रिय वाद्यवादन सम्मान सितारवादक तारावीर सिङ तुलाधर र प्रेमध्वज प्रधान स्मृति राष्ट्रिय युवा सङ्गीत पुरस्कार गायिका मिलन नेवारलाई प्रदान गरिने प्रधानले जानकारी दिए ।

‘यो कार्यक्रम हामी निरन्तर गर्नेछौँ । हाम्रो उद्देश्य नै गीतसङ्गीतका रियल हिरोलाई सम्मान गर्नु हो’, उनले भने । ‘किङ अफ मेलोडी’ उपनामले समेत परिचित स्व गायक प्रधानको नेपाली सङ्गीत क्षेत्रप्रतिको योगदानलाई सदा स्मरण गराउने उद्देश्यका साथ स्थापित प्रतिष्ठानले साङ्गीतिक क्षेत्रका दिग्गज व्यक्तिलाई सम्मान गर्नाका साथै सहयोग गर्ने प्रतिष्ठानका अध्यक्ष एवम् संरक्षक किरण प्रधानले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७