जाजरकोटमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु


२७ जेष्ठ २०८०, शनिबार
dubera
सांकेतिक तस्वीर

जाजरकोट । जाजरकोटमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको ज्यान गएको छ । मृत्यु हुनेमा भेरी नगरपालिका– १३ का नरबहादुर बस्नेतका ८ वर्षीय छोरा पाण्डप बस्नेत र टीकाराम बस्नेतका ९ वर्षीय छोरा प्रमोद बस्नेत रहेका छन् ।

उनीहरूको खानेपानी तथा सिँचाइका लागि बनाइएको पोखरीमा पौडी खेल्ने क्रममा शुक्रबार डुबेर मृत्यु भएको हो । प्रहरीका अनुसार दुवै बालक विद्यालयमा पढेर घर आई खाजा खाएर पौडी खेल्न गएका थिए । सोही क्रममा डुबेर उनीहरूको मृत्यु भएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७