प्रहरीका १६ एसएसपी डिआइजीमा बढुवा सिफारिस, सिफारिसमा को–को परे ? (सूचीसहित)


२५ बैशाख २०७५, मंगलवार

काठमाडौं, २५ बैसाख । नेपाल प्रहरीका १६ जना एसएसपी डिआइजीमा बढुवाका लागि सिफारिस भएका छन् । गृह मन्त्रालयले गठन गरेको बढुवा समितिले सोमबार साँझ एसएसपीबाट डिआइजीमा बढुवाका लागि सिफारिस गरेको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ ।nepal police

गृह मन्त्रालयद्वारा गठित बढुवा समितिका सदस्य सचिव एआइजी दिनेशचन्द्र पोखरेलद्धारा हस्ताक्षरित पत्रमा बढुवाको पहिलो नम्बरमा एसएसपी केदार रिजाल रहेका छन् ।
डिआइजी बढुवामा एसएसपीहरु शेरबहादुर बस्नेत, पिताम्बर अधिकारी, दिपककुमार थापा, नारायणसिंह खड्का र दिनेश अमात्यलगायत सिफारिस भएका छन् ।

नेपाल प्रहरीमा २४ डीआइजीको दरबन्दी रहेता पनि सोमबार साँझ बसेको मन्त्रीपरिषद बैठकले यस अगाडिको सरकारले जबरजस्ती थप गरेको ८ डीआइजीको दरबन्दी कटौती गरेको छ ।

यसअघि कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले राजनीतिक भागबण्डाको लागि जथाभावी सिर्जना गरेको दरबन्दी कटौती गरेसँगै रिक्त १६ डीआइजी पदमा बढुवाका लागि सिफारिस गरिएको समितिले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७