क्रिकेट विश्वकप छनोट : जिम्बाब्वेसँग भिड्दै नेपाल


३ असार २०८०, आईतवार
Sandeep Lamichhane and Nepal national cricket team 1068x712 1

काठमाडौं : आईसीसी क्रिकेट विश्वकप छनोटको पहिलो खेलमै नेपालले घरेलु टोली जिम्बाब्वेको सामना गर्दैछ । समूह ए मा रहेको जिम्बाब्वे र नेपालबीचको खेल जिम्बाब्वेको हरारेस्थित हरारे स्पोर्ट्स क्लबमा हुनेछ ।

खेल नेपाली समय अनुसार दिउँसो पौने १ बजे सुरु हुनेछ । नेपालले पहिलो पटक टेष्ट मान्यता प्राप्त टोलीसँग एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेल खेल्न लागेको हो ।

नेपालबाट सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, गुल्सन झाको बलिङमा क्रेग एर्विन, रियान बुर्ल, जोयलोर्ड गुम्बाई, सिकन्दर राजा, सेन विलियम्स, वेस्ली मेडहेभरको ब्याटिङ गर्नेछन् ।

रिचार्ड गराभा, ब्लेसिङ मुजराबानी, विलिङटन मासकाड्जा, तेन्डाई चतरा, लुक जोङवेको बलिङमा आसिफ शेख, कुशल भुर्तेल, भीम सार्की, कुशल मल्ल, कप्तान रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेखले ब्याटिङ गर्नेछन् ।

घरेलु टिम जिम्बाब्वेविरुद्ध नेपालभन्दा जिम्बाब्वे निकै बलियो टिम मानिन्छ । यसअघि नेपालले सन् २०१८ मा पनि जिम्बाब्वेमै भएको विश्वकप छनोटमा जिम्बाब्वेसँग खेलेको थियो । तर, त्यतिबेला नेपालको ओडीआई मान्यता नभएकोले उक्त खेलले पनि ओडीआई मान्यता पाएन । अब भने विश्वकप छनोट खेल्ने सबै १० टोलीसँग ओडीआई मान्यता छ ।

असार ३ देखि २४ गतेसम्म हुने विश्वकप छनोटमा आयोजक जिम्बाब्वेसहित १० टिमको सहभागिता रहेको छ । जसमा समूह ‘ए’ मा आयोजक राष्ट्र जिम्बाब्वेसँगै नेपाल, विश्वकप विजेता वेष्ट इन्डिज, नेदरल्यान्ड्स र अमेरिका छन् ।

समूह ‘बी’ मा विश्वकप विजेता श्रीलंका, आयरल्यान्ड, यूएई, स्कटल्यान्ड र ओमान छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७