जिम्बाव्वेविरुद्ध कुशलको अर्धशतक


३ असार २०८०, आईतवार
Kusal Bhurtel
फाइल तस्बिर

काठमाडौं : विश्वकप क्रिकेट छनोटमा कुशल मल्लले जिम्बाव्वेविरुद्ध अर्धशतक पूरा गरेका छन् । भुर्तेल टेष्ट राष्ट्र विरुद्ध पहिलो अर्धशतक प्रहार गर्ने नेपाली खेलाडी बनेका छन् ।

जिम्बावेस्थित हरारे मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालका लागि कुशलले १९ ओभरको समाप्तिमा अर्धशतक पूरा गरेका हुन् ।

नेपालका लागि ३९औं एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलिरहेका कुशलले जारी खेलमा आसिफ शेखसँग ८४ रनको साझेदारी गर्दै ६३ बलमा ८ चौकाको मद्दतमा अर्धशतक पूरा गरेका छन् ।

नेपालले पाँच वर्षपछि जिम्बाब्बेसँग ५० ओभरको खेल खेलेको हो । नेपालले टेष्ट मान्यताप्राप्त राष्ट्रसँग खेलेको यो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलसमेत हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७