बजेटको पक्षमा मतदान गर्ने एकीकृत समाजवादीको निर्णय, सांसदलाई ‘ह्वीप’


१३ असार २०८०, बुधबार
Madhav Nepal 2
फाइल फोटो

काठमाडौं । सत्ता साझेदार नेकपा एकीकृत समाजवादीले बजेटको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । आज (बुधबार) बिहान बसेको सो पार्टीको संसदीय दलको बैठकले बजेटको पक्षमा मतदान गर्ने निर्णय गरेको सांसद कृष्णकुमार ‘किसान’ श्रेष्ठले जानकारी दिए ।

‘बजेटको पक्षमा मतदान गर्ने निर्णय भयो र त्यसका लागि दलका नेताले ह्वीप जारी गर्नुभएको छ’, श्रेष्ठले भने । यसअघि सो पार्टीका नेताहरुले बजेट असन्तुलित आएको भन्दै संशोधन नगरे बजेटको विपक्षमा मतदान गर्ने बताउँदै आएका थिए ।

यसअघि सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रले पनि आफ्ना सांसदलाई बजेटको पक्षमा मतदान गर्न ह्वीप जारी गरिसकेका छन् । आजको प्रतिनिधिसभा बैठकमा बजेटबारे प्रधानमन्त्री मातहतका मन्त्रालयको जवाफपछि आर्थिक बर्ष २०८०–०८१ का लागि विनियोजित बजेट परित गरियोस् भन्ने प्रस्ताव पेश हुँदैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७