२० वर्ष पुराना गाडी हटाउने निर्णयविरुद्ध ट्याक्सी, टिपर र ट्यांकर व्यवसायी आन्दोलित


१४ असार २०८०, बिहीबार
jam

काठमाडौं । २० वर्ष पुराना गाडी हटाउने सरकारको निर्णयविरुद्ध ट्याक्सी, टेम्पो, निलो माइक्रो, ट्रक र ट्याङ्कर चालकहरू आन्दोलनमा उत्रिएका छन् । सो निर्णय खारेज हुनुपर्ने माग गर्दै उनीहरू आज काठमाडौंमा प्रदर्शनमा उत्रिएका छन् ।

राष्ट्रवादी ट्याक्सी तथा चालक व्यवसायी संघको आयोजनामा चालकहरूले सीतापाइला चोकदेखि र्‍याली निकालेका छन् । टिपर, ट्याङ्कर, साना ढुवानी गाडी,ट्याक्सी र टेम्पो सडकमा लिएर नाराबाजी गरिरहेका छन् ।

उनीहरूले स्वदेशमै काम गरेर खान पाउने व्यवस्था लागू गर, रातो प्लेटले यात्रु बोक्ने नीति खारेज गर, ट्राफिक ज्यादती बन्द गर, ट्याक्सी स्ट्याण्डको अनिवार्य व्यवस्था गर र २० वर्षे अवधि खारेज गर्नुपर्ने लगायत माग गरेका छन् । सरकारले यसअघि प्रदूषण नियन्त्रण र बढ्दो सवारी चापलाई न्यूनीकरण गर्न पुराना गाडी सञ्चालनमा रोक लगाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७