तत्काल कुनै पार्टीसँग पनि एकताको सम्भावना छैन : अध्यक्ष नेपाल


१६ असार २०८०, शनिबार
Madhav

काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्काल कुनै पनि पार्टीसँग एकताको सम्भावना नभएको बताएका छन् । आज (शनिबार) काठमाडौंमा आयोजित कार्यक्रममा नेपालले एकीकृत समाजवादीलाई बलियो बनाउन चाहेको बताए ।

उनले आफूहरुले दक्षिणपन्थी धार छाडेर क्रान्तिकारी धार रोजेको बताएका छन् । उनले आफूहरु समाजवादको दिशामा अगाडि बढ्ने वातावरणमा जुटिरहेको बताए । उनले भने, ‘भर्खरै हामीले समाजवादी मोर्चा बनाइएका छौं । मोर्चामा कम्युनिष्ट मात्र नभई गैरकम्युनिष्ट पार्टीहरु समेत रहेका छन् । गैरकम्युनिष्ट जनता समाजवादी पनि समावेश छ ।’

उनले लक्ष्य राखेर अगाडि बढ्दा सफल हुने बताए । समाजवादप्रति आकर्षण बढिरहेको उनको भनाई छ । उनले थपे, ‘केन्द्र र प्रदेश सरकारमा मन्त्री बनाएका छौं । उनीहरुले काम राम्रो गर्नुपर्छ ।’ उनले कोशी प्रदेशमा एमालेको सरकार ढलेकाले चाँडै बन्ने नयाँ सरकारमा एकीकृत समाजवादी सहभागी हुने बताएका छन् । उनले कसैलाई निषेध र एक्लो बनाउन नचाहने धारणा राखे । नेपालले थपे, ‘हामी एकताबद्ध भएर अगाडि बढ्छौं । संविधानमा विमति राख्नेसँग त हातेमालो गरेर अगाडि बढिरहेका छौं भने संविधान मान्नेसँग सँगै हिड्न गाह्रो छैन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७