नेपाल र कोरियाका विद्यार्थीबीच शैक्षिक तथा सांस्कृतिक आदानप्रदान


२१ असार २०८०, बिहीबार
nepal korea

काठमाडौं । नेपाल र दक्षिण कोरियाका विद्यार्थीबीच शैक्षिक तथा सांस्कृतिक आदानप्रदान भएको छ । टोखामा सञ्चालित एशिया प्यासिफिक स्कुल र द एशिया प्यासिफिक सोसाइटी कोरियाका विद्यार्थीबीच आज शैक्षिक तथा सांस्कृतिक आदानप्रदान भएको हो ।

सो अवसरमा टोखा नगरपालिका–६ की वडाअध्यक्ष शान्ता खनाल पौडेलले शैक्षिक र सांस्कृतिक आदानप्रदानले एक देशले अर्को देशलाई चिनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे । ‘कुनै पनि देशलाई चिनाउनका लागि त्यहाँको कला, भाषा, सांस्कृतिक महत्वपूर्ण भूमिका रहन्छ’, उनले भनले ।

उनले शिक्षा र सांस्कृतिसँग सीप आदानप्रदान गरेर अगाडि बढ्न समेत आग्रह गरे । आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने उनको सुझाव छ । टोखा शिक्षा, युवा तथा खेलकुद शाखाका अधिकृत खगेन्द्रसिंह धामीले शैक्षिक र सांस्कृतिक आदानप्रदान कार्यक्रम राखेर विद्यार्थीको शैक्षिक विकासमा सहयोग पुगेको बताए । उनले विद्यालयको शिक्षालाई वैज्ञानिक पद्धतिमार्फत अगाडि बढाउनका लागि शिक्षा क्षेत्रमा नविनतम प्रयोग गरेको अगाडि बढाएको बताए । उनले नेपालको शिक्षा प्रणालीलाई विश्वको शिक्षामा प्रतिस्पर्धात्मक गर्नका लागि सरकारले काम गरिरहेको उल्लेख गरे ।

दक्षिण कोरियाको नाम्सोल विश्वविद्यालयका प्राध्यापक से जिन जुले सन् १९९४ मा स्थापना भएको द एशिया प्यासिफिक सोसाइटीले नेपालका विद्यार्थीसँग लामो समयदेखि राम्रो सम्बन्ध राख्दै नेपालका विभिन्न कार्यक्रममा भाग लिँदै आएको बताए । उनले मुलुकको विकासमा युवा विद्यार्थीको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे ।

एशिया प्यासिफिक स्कुल तथा कलेजका प्राचार्य रमेश घिमिरेले कोरोना महामारीको समयमा समेत एशिया प्यासिफिक स्कुलले विभिन्न देशका विद्यार्थीसँग शैक्षिक तथा सांस्कृतिक आदानप्रदान गरेको स्मरण गरे । उनले आगामी दिनमा विभिन्न देशका विद्यार्थीसँग शैक्षिक सहकार्य गरेर अगाडि बढ्ने बताए । सो अवसरमा कोरियाको नाम्सोल विश्वविद्यालय र वाङ्क्वोङ विश्वविद्यालयका १८ विद्यार्थी र साउथ एशिया प्यासिफिक स्कुलका ५५ विद्यार्थीले शैक्षिक तथा सांस्कृतिक प्रस्तुति गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७