राष्ट्रिय स्वतन्त्र पार्टीको हविगत पनि पुराना पार्टीहरुको जस्तै हुनेछ : घनश्याम भुसाल


२३ असार २०८०, शनिबार
Ghanashyam Bhusal
फाइल फोटो

काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले राष्ट्रिय स्वतन्त्र पार्टीको हविगत पनि पुराना राजनीतिक पार्टीहरूको जस्तै हुने दावी गरेका छन् ।

दलाल, पुँजीवादले मुलुकमा ल्याएको समस्या समाधान गर्ने बाटोमा कुनै कदम नचालेकाले नयाँ दलको रुपमा आएको सो पार्टीको पनि छिट्टै बेहाल हुने अवस्था आउने उनको विश्लेषण छ । पार्टी निकट कानुन व्यवसायीहरूको संगठन ‘समाजवादी पेशागत कानुन व्यवसायी संगठन’ ले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महासचिव भुसालले दलाल, पूँजीवादले खडा गरेका समस्या समाधान नगरी कुनै पनि राजनीतिक दलहरू अघि बढन सक्ने अवस्था नरहेको तर्क समेत गरे ।

उनले मुलुकमा रोजगारी सिर्जना गर्न र सुशासन कायम गर्न पनि दलाल पूँजीवादले ल्याएको विकृतिविरुद्ध संघर्ष गरेर अघि बढनुपर्ने जिकिर गरे । महासचिव भुसालले दलाल पुँजीवादले मुलुकमा खडा गरेको समस्या समाधानका लागि बहस, पैरवी गर्न आग्रह गरे । उनले आफ्नो पार्टी मात्रै दलाल, पुँजीवादले निम्त्याएका समस्या समाधान गरी समाजवादतर्फको यात्रामा अघि बढने कुराको सैद्धान्तिक मान्यतामा उभिएको दावी समेत गरे ।

महासचिव भुसालले आफ्नो पार्टीले समाजवादको निर्माणको आधारहरू तय गर्दै अघि बढने प्रतिवद्धतासमेत व्यक्त गरे । उनले पार्टीनिकट कानुन व्यवसायीहरूलाई समाजवाद निर्माणका लागि न्यायालयभित्र रहेका बिचौलियातन्त्रको अन्त्य हुने गरी लाग्न पनि सचेत गराए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७