पुष्पलाल कम्युनिष्ट आन्दोलनका दूरदर्शी नेता : अध्यक्ष नेपाल


२५ असार २०८०, सोमबार
Madhav nepal 1 scaled

काठमाडौँ । सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पुष्पलाल कम्युनिष्ट आन्दोलनका दूरदर्शी नेता भएको बताएका छन् । आज (सोमबार) ‘पुष्पलाल राष्ट्रिय पुरस्कार’ वितरण समारोह कार्यक्रममा बोल्दै नेपालले उनी कम्युनिष्ट आन्दोलनको सिद्धान्त, विचार र दस्तावेजलाई अघि सार्ने नेता भएको बताएका छन् ।

‘पुष्पलाल उच्च व्यक्तित्व हुनुहुन्थ्यो । उहाँले नै काँग्रेस र कम्युनिष्ट दुवै नमिलेर पञ्चायत फाल्न सकिँदैन भन्ने निष्कर्ष निकाल्नु भयो । उहाँको कुरालाई जब निष्कर्षका साथ आत्मसात ग¥यौँ । तब दुई ठूला वामपन्थी र दक्षिणपन्थी शक्तिहरू मिले । त्यसपछि ३० वर्षको निरङ्कुश पञ्चायतलाई फाल्न सक्यौँ,’ नेपालले भने, ‘उहाँलाई एक दूरदर्शी नेताको रूपमा लिन्छौँ । उहाँले कम्युनिष्ट आन्दोलनको सिद्धान्त विचार र दस्ताबेजहरू अघि सार्नुभयो । कम्युनिष्ट घोषणापत्रलाई नेपालीमा अनुवाद गर्नुभयो ।’

पुष्पलाल एक उच्च व्यक्तित्व भएकाको उनी सधैँ जीवित रहने नेपालले बताएका छन् । पुष्पलाल राष्ट्रिय पुरस्कारबाट कमल कोइराला, बालचन्द्र विष्ट र गोपालप्रसाद थपलियालाई सम्मान गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७