प्रधानमन्त्रीलाई लिङ्देनको सुझाव : नैतिकता जीवित छ भने राजीनामा दिनुस्


२५ असार २०८०, सोमबार
rajendra lingden

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अभिव्यक्तिप्रति आफूहरुलाई बोल्न दिएकोप्रति आपत्ति जनाएका छन् ।

प्रतिनिधि सभाको आज (सोमबार) को बैठकमा बोल्दै सभामुखलाई आफ्नो विचार राख्न किन समय नदिएको भन्दै प्रश्न गरे । उनले सभामुखले प्रमुख प्रतिपक्षीलाई बोल्न दिएपछि आफूहरुलाई बोल्न नदिइ सभामुखले पद्धति मिचेर सत्तापक्षलाई दिएको आरोप लगाए ।

उनले प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक भएकाले राजीनामा दिनुपर्ने बताए । उनले भने, ‘प्रधानमन्त्रीमा नैतिकता भन्ने चिज अलिकति जीवित छ भने राजीनामा दिनुपर्छ । यो दबाबले मागिने कुरा होइन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७